दफा १५५
नाबालकको माथवर आमा हुन सक्ने

दफा १५३ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै नाबालकको बाबुको मृत्यु भएको वा निज बेपत्ता भएको, होस ठेगानमा नरहेको वा विदेश गएको अवस्थामा दश वर्षभन्दा कम उमेरको नाबालकको आमा भएमा निजले अर्को विवाह गरिसकेको भएपनि निज नै त्यस्तो नाबालकको माथवर हुनेछ ।